अखिल क्रान्तिकारीले संचालन गरेको १० दिने एकाउन्टिङ ट्रेनिङ सम्पन्न

चैत्र २७,हेटौडा :- अखिल (क्रान्तिकारी)मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले मकवानपुर बहुमुखी  क्याम्पसमा १०दिने  एकाउन्टिङ ट्रेनिङ  सम्पन्न गरेको छ ।
अखिल(क्रान्तिकारी)को  आयोजना तथा नेम ईन्स्टिच्युटका संचालक किशोर अर्यालको सहकार्यमा भएको उक्त तालिम बुधबार सम्पन्न भएको हो ।


तालिम समापन कार्यक्रमअखिल( क्रान्तिकारी)मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा,बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता र विद्यार्थी सचिब प्रकाश मिजारको उपस्तिथिमा सञ्चालन सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय प्रेमबहादुर पुलामिले नियमित गतिविधि अन्तर्गत  क्याम्पसको विद्यार्थी को अहिलेको  आवश्यकता अनुसार विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको बताउदै यो१०दिने तालिमले विद्यार्थीहरुमा सकारात्मक उर्जा पैदा भएको र विद्यार्थीका सकारात्मक प्रतिक्रियाले आफुलाई खुशी लागेको बताउनुभयो ।

आजको प्रमाणपत्र बितरण तथा एकाउटिङ ट्रेनिङ समापन कार्यक्रममा बोल्दै अखिल(क्रान्तिकारी)मकवानपुरका अध्यक्ष बुद्ध राज अर्यालले तालिमले विभिन्न स्थानहरुमा क्षमता देखाउन विद्यार्थीहरुलाई सहज बनाएको बताउदै तालिम संचालक प्रति आभार प्रकट गर्नुभयो।साथै यो तालिमले विद्यार्थीहरुलाइ दक्ष बनाइ रोजगारको अवसर प्रधान गर्ने र यसले विद्यार्थीहरुलाइ नया कानुन,नीति,कर निर्धारण लगायत अन्य ज्ञानहरुमा जानकारि हासिल गर्न सक्ने बताउनुभयो।

विविएस कार्यक्रममा अध्ययनरत ८२ जना विद्यार्थीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा लेखासंग सम्बन्धित विभिन्न सिप तथा ज्ञान,करसंग सम्बन्धित विभिन्न समस्या समाधानका सम्बन्धमा प्रशिक्षण किशोर अर्यालले दिनुभएको थियो।

कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलान,मकवानपुर क्याम्पस प्रमुख यम सिलवाल,अखिल(क्रान्तिकारी)बागमती प्रदेश सदस्य पुश्पा सुनार,मकवानपुर उपाध्यक्ष दिपक वाइबा,सचिब छोइसाङ लामा,सह-सचिब सुजन सिलवाल,कोसाध्यक्ष अनिल बसेल लगायत अन्य मकवानपुर जिल्लाका र क्याम्पसका विद्यार्थी नेताहरु को उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.