
चैत्र २०,हेटौडा :- बिपद जोखिम न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम बुधबार हेटौंडामा सम्पन्न भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल (डिमान)ले मकवानपुरका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
राष्ट्रिय प्रकोप व्यबस्थापन संजाल नेपालले गैरसरकारी संस्था महासंघ मकवानपुर शाखासँगको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो ।
स्थानीयस्तरमा क्रियाशिल संघसंस्थाहरुको क्षमता विकास र बाह्य तथा आन्तरिक स्रोतमा पहुँच अभिवृद्धीका लागि नीयर नेटवर्कसँगको सहकार्यमा अभियानको रुपमा काम गरिरहेको राष्ट्रिय प्रकोप व्यवस्थापन संजालका अध्यक्ष सुर्य थापाले जानकारी दिए । समुदायस्तरमा क्रियाशिल संघसंस्थाहरुसँग विपद जोखिम न्यूनीकरण स्थानीयकरण विषयमा छलफल तथा नीयर नेटवर्कको बारेमा जानकारी र संघसंस्थाहरुको सर्भेक्षण तथा सुचिकृत गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो ।
कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाको स्रोत, अनुपालन प्रणाली, मुख्य कोषलाई प्रभावकारी बनाउने तरिका, नेपालमा प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनको स्थानीयकरण लगायत विषयमा राष्ट्रिय प्रकोप व्यवस्थापन संजालका कार्यकारी निर्देशक सुर्यनारायण श्रेष्ठले प्रस्तुतिकरण दिएका थिए ।

राष्ट्रिय प्रकोप व्यवस्थापन संजालका अध्यक्ष सुर्यबहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हीत संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्मा, मकवानपुर अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विपद पुर्व तयारी, जोखिम न्यूनीकरण र सामुदायिक उत्थानशिलता, स्थानीयकरण जस्ता विषयमा सहकार्य, समन्वय, क्षमता विकास, नीति संवाद जस्ता कार्यक्रमहरु राष्ट्रिय प्रकोप व्यवस्थापन संजालले संचालन गर्दै आइरहेको बताईएको छ ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan