
प्रेस सेन्टर नेपालको नव निर्वाचित केन्द्रीय पदाधिकारीलाई नेकपा माओवादी केन्द्रका श्रद्वेय अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बधाई तथा शुभकामना सहित निर्देशन दिनु भएको छ ।
अध्यक्ष प्रचण्डले प्रेस सेन्टरको अधिकाँश नेतृत्व सर्वसम्मत र नमिलेका पदहरूमा उच्च लोकतान्त्रिक अभ्यास सहित सहमतिका साथ मतदानको प्रक्रियावाट चयन गरेर सिँगो पार्टी र अन्य जवस मोर्चालाई समेत नयाँ सन्देश दिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विवादरहित ढंगले नेतृत्व चयन गरि महाधिवेशन भव्यरूपमा सम्पन्न गरेकोमा प्रचार विभाग ईन्चार्ज अग्निप्रसाद सापकोटा, सचिव गोविन्द आचार्य र प्रेस सेन्टरको निवर्तमान नेतृत्वलाई बधाई समेत दिनुभयो ।
प्रेस सेन्टर नेपाल देखिने र महशुस हुने गरी चलायमान र संगठित भएको भन्दै अध्यक्ष प्रचण्डले निवर्तमान अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ सहितको कार्य समितिलाई धन्यवाद पनि दिनुभयो ।

अध्यक्ष प्रचण्डवाट भएको निर्देशन वमोजिम प्रेस सेन्टरको भूमिकालाई शसक्त र प्रभावकारी बनाउन प्रेस सेन्टर सदै अग्र पंक्ति मा रहेर काम गर्ने सेन्टरका नब निर्बाचित अध्यक्ष कमल गिरिले बताउनु भयो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan