कुलमान बर्खास्तीको बिरोधमा हेटौडामा प्रदर्सन

चैत्र १२,हेटौंडा :- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा हेटौंडामा नेकपा माओवादी केन्द्रले प्रर्दशन गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन बाइसिएल र अखिल क्रान्तिकारी मकवानपुरको अगुवाईमा विरोध र्याली भएको हो ।

हेटौंडाको सिमा चोकमा जम्मा भएर प्रर्दशनकारीले कायकारी निर्देशकबाट कुुलमानलाई हटाएकोमा विरोध गर्दै टुुकी बालेर हेटौंडा बजारको विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । प्रर्दशनकारीले सरकार विरोधी नारा लगाएका थिए । कुलमानकोे पुर्नबहालीको माग गर्दै प्रर्दशनकारीले सरकारको राजीनामा मागेका थिए । प्रर्दशनकारीले प्रधानमन्त्री केपी ओली र उर्जा मन्त्री दीपक खड्काको पुत्ला समेत जलाएका छन् ।

प्रर्दशनकारीले सीमा चोकबाट विरोध ब्यानर, नाराबाजीसहित टुुकी बालेर बुद्धचोक, उद्योग वाणिज्य संघ चोक, पुनः बुद्धचोक, कान्तिलोकपथ, पारिजातपथ, ख्पखल्ली हुँदै पुन सिमाचोमा पुुगेर समापन भएको थियो । विरोध कार्यक्रमको नेतृत्व बाइसिएल मकवानपुरका अध्यक्ष लवराज ठकुरी र अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालले गरेका थिए ।

प्रर्दशनमा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई बर्खास्त गरेपछि उनको समर्थनमा देशभर प्रर्दशन भइरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.