लायन्स क्लब इन्टरनेशनल ३२५ एस सेकेन्ड भाइस गर्भनरमा सुदर्शन प्रसाद अधिकारी सर्बसम्मत उम्मेदवार घोषणा

चैत्र ९, हेटौंडा :- लायन्स क्लब अफ हेटौंडाका पूर्व अध्यक्ष एम.जे.एफ. लायन सुदर्शन प्रसाद अधिकारीलाई लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका लागि सेकेण्ड भाइस गर्भनर पदका लागि सर्वसम्मत उम्मेदवार घोषणा गरिएको छ।

शनिबार एरिया-२ का एरिया चिफ किसन घिसिङको अध्यक्षतामा बसेको बैठकले एरिया-२ बाट अधिकारीलाई एकल उम्मेदवारको रूपमा सर्वसम्मत समर्थन प्रदान गरेको हो। प्रारम्भमा एरिया २ बाट तीन जना आकांक्षी रहेका भए पनि अंकिता सुमार्र्गी र जेपी यादवले अधिकारीलाई समर्थन गर्दै मार्ग प्रशस्त गरेका थिए। बैठकमा जेपी यादवले अधिकारीको प्रस्तावकको भूमिका निभाउनुभयो भने अकिंता सुमार्गी समर्थक रूपमा रहनुभयो।

उक्त बैठकमा लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका पूर्व गभर्नर एम.जे.एफ. लायन शम्भु नकर्मी, गभर्नर तासी डोल्मा तुम्बाहाङफे, सचिव गौरी चिमरिया लगायत विभिन्न अध्यक्ष, पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष किसन घिसिङको नेतृत्वमा अधिकारीलाई खादा र माला अर्पण गर्दै सबैले आउँदो वैशाख ६ गते हुने जिल्ला अधिवेशनमा सफलताको शुभकामना व्यक्त गरे। अधिकारीले आफूलाई एकल उम्मेद्वार चयन गरेकोमा धन्यवाद व्यक्त गर्दै भने, ‘लामो समयदेखि लायन्स क्लबमा निरन्तर क्रियाशील छु। गाउँदेखि सहरसम्म सामाजिक सेवाका विभिन्न अभियानहरूमा आर्थिक, नैतिक, भौतिक सहयोग गर्दै आएको छु। तपाईंहरूको विश्वास र समर्थनले मलाई अझ जिम्मेवार बनाएको छ। म आफ्नो अनुभव र समर्पणलाई उत्कृष्ट काममार्फत प्रमाणित गर्नेछु।’

उहाँले वैशाख ६ गते हुने अधिवेशनमा सबैलाई सहभागी भई मतदान गर्न अनुरोध गर्दै आफूलाई भारी मतले विजयी गराउन अपिल गर्नुभयो। अधिकारीले नेपालमा लायनवादलाई अझ सशक्त बनाउन दृढ प्रतिबद्धता व्यक्त गर्दै आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

लायन्स क्लब इन्टरनेशनल ३२५ एसअन्तर्गत पर्ने हेटौंडा क्षेत्र (एरिया २) बाट आगामी लायनेष्टिक वर्ष २०२५/२०२६ का लागि सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा अधिकारीको उम्मेदवारीलाई लायन्स क्लब अफ हेटौंडाले सर्वसम्मत समर्थन गरेको थियो ।  नेपालकै चौथो क्लबको रूपमा स्थापित लायन्स क्लब अफ हेटौंडाले लामो समयपछि उक्त पदमा उम्मेदवारी दिने अवसर पाएको अध्यक्ष तुल्सी रिजालले जानकारी गराए।

अधिकारीले आफू डिस्ट्रिक्टभरका सबै क्लबहरू तथा क्लबका अध्यक्षहरूसँग समन्वय गर्दै समान व्यवहारका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। ‘नेपालको लायनिज र सामाजिक क्षेत्रमा नयाँ योजना सहित सशक्त समूह बनाएर सबैको मन जित्ने लक्ष्य लिएको छु,’ अधिकारीले भने।

अधिकारीको व्यक्तिगत पहलमा हेटौंडा-९ कर्रामा लायन्स प्राकृतिक चिकित्सालय भवन निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष रिजालले जानकारी गराएका छन्। अधिकारीले आगामी दिनमा लायन्स क्लब ३२५ एस डिस्ट्रिक्टको नेतृत्व गर्दै सामाजिक सेवामा नयाँ आयाम स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गरे।

हेटौंडा / लायन्स क्लब अफ हेटौंडाका पूर्व अध्यक्ष एम.जे.एफ. लायन सुदर्शन प्रसाद अधिकारीलाई लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका लागि सेकेण्ड भाइस गर्भनर पदका लागि सर्वसम्मत उम्मेदवार घोषणा गरिएको छ।

शनिबार एरिया-२ का एरिया चिफ किसन घिसिङको अध्यक्षतामा बसेको बैठकले एरिया-२ बाट अधिकारीलाई एकल उम्मेदवारको रूपमा सर्वसम्मत समर्थन प्रदान गरेको हो। प्रारम्भमा एरिया २ बाट तीन जना आकांक्षी रहेका भए पनि अंकिता सुमार्र्गी र जेपी यादवले अधिकारीलाई समर्थन गर्दै मार्ग प्रशस्त गरेका थिए। बैठकमा जेपी यादवले अधिकारीको प्रस्तावकको भूमिका निभाउनुभयो भने अकिंता सुमार्र्गी समर्थकका रूपमा रहनुभयो।

उक्त बैठकमा लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका पूर्व गभर्नर एम.जे.एफ. लायन शम्भु नकर्मी, गभर्नर तासी डोल्मा तुम्बाहाङफे, सचिव गौरी चिमरिया लगायत विभिन्न अध्यक्ष, पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष किसन घिसिङको नेतृत्वमा अधिकारीलाई खादा र माला अर्पण गर्दै सबैले आउँदो वैशाख ६ गते हुने जिल्ला अधिवेशनमा सफलताको शुभकामना व्यक्त गरे। अधिकारीले आफूलाई एकल उम्मेद्वार चयन गरेकोमा धन्यवाद व्यक्त गर्दै भने, ‘लामो समयदेखि लायन्स क्लबमा निरन्तर क्रियाशील छु। गाउँदेखि सहरसम्म सामाजिक सेवाका विभिन्न अभियानहरूमा आर्थिक, नैतिक, भौतिक सहयोग गर्दै आएको छु। तपाईंहरूको विश्वास र समर्थनले मलाई अझ जिम्मेवार बनाएको छ। म आफ्नो अनुभव र समर्पणलाई उत्कृष्ट काममार्फत प्रमाणित गर्नेछु।’

उहाँले वैशाख ६ गते हुने अधिवेशनमा सबैलाई सहभागी भई मतदान गर्न अनुरोध गर्दै आफूलाई भारी मतले विजयी गराउन अपिल गर्नुभयो। अधिकारीले नेपालमा लायनवादलाई अझ सशक्त बनाउन दृढ प्रतिबद्धता व्यक्त गर्दै आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

लायन्स क्लब इन्टरनेशनल ३२५ एसअन्तर्गत पर्ने हेटौंडा क्षेत्र (एरिया २) बाट आगामी लायनेष्टिक वर्ष २०२५/२०२६ का लागि सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा अधिकारीको उम्मेदवारीलाई लायन्स क्लब अफ हेटौंडाले सर्वसम्मत समर्थन गरेको थियो ।  नेपालकै चौथो क्लबको रूपमा स्थापित लायन्स क्लब अफ हेटौंडाले लामो समयपछि उक्त पदमा उम्मेदवारी दिने अवसर पाएको अध्यक्ष तुल्सी रिजालले जानकारी गराए।

अधिकारीले आफू डिस्ट्रिक्टभरका सबै क्लबहरू तथा क्लबका अध्यक्षहरूसँग समन्वय गर्दै समान व्यवहारका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। ‘नेपालको लायनिज र सामाजिक क्षेत्रमा नयाँ योजना सहित सशक्त समूह बनाएर सबैको मन जित्ने लक्ष्य लिएको छु,’ अधिकारीले भने।

अधिकारीको व्यक्तिगत पहलमा हेटौंडा-९ कर्रामा लायन्स प्राकृतिक चिकित्सालय भवन निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष रिजालले जानकारी गराएका छन्। अधिकारीले आगामी दिनमा लायन्स क्लब ३२५ एस डिस्ट्रिक्टको नेतृत्व गर्दै सामाजिक सेवामा नयाँ आयाम स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गरे।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.