
चैत्र ९,काठमाडौ :- फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टर र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना गरेको “संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल” बिषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका संमाननीय सभामुख देवराज
घिमिरेले संसदमा विचाराधिन रहेका निजामति कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुंगो लगाउने काममा लागिरहेको बताउनु भएको छ। संविधानले प्रदान गरेका अधिकार पूर्ण रुपमा प्रयोग गर्नसक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको पनि सभामुख घिमिरेले बताउनु भयो। सभामुख घिमिरेले संघीय निजामति सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताउनु भयो। संविधानले अधिकार विकेन्द्रिकरण गरे पनि व्यवहारमा केन्द्रीकरण बढिरहेको जिकिर गर्नुभयो। उहाँले समय सान्दर्भिक कार्यक्रम आयोजना गरेर संघीयता सवलीकरणको पक्षमा जनमत सृजना गरेकोमा आयोजकको प्रशंसा गर्नुभयो।
ललितपुरको स्टाफ कलेजमा आयोजना गरिएको कार्यक्रममा उपसभामुख ईन्दिरा राना, सत्ता पक्षका मुख्य सचेतक महेशकुमार बर्तौला, विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका नेता तथा शिक्षा समिति सभापति अमरबहादुर थापा, जसपा नेपालका प्रमुख सचेतक रेखा यादव, जनमत पार्टीका प्रमुख सचेतक अनिता देवी, नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापा लगायतले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुखहरु, गाउँपालिका प्रमुखहरु, प्रदेश सभा सदस्यहरु लगायतले पनि आ-आफ्ना धारणा राख्नुभएको थियोे। छलफल कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा पुर्व सांसद डा. खिमलाल देबकोटाले प्रदेश तथा स्थानीय तहका सवाल समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे भने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले उक्त कार्यपत्र माथि टिप्पणी प्रस्तुत गर्नुभएको थियो। बागमती प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको उक्त कार्यक्रम प्रदेशका मुख्यमन्त्री माननीय बहादुरसिं लामाको अध्यक्षतामा सम्पन्न भएको थियोे। संस्थाका कार्यक्रम निर्देशक तथा संविधानसभा सदस्य प्रह्लाद लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan