महालक्ष्मी बैन्क हेटौडा द्वारा ४ न वडा कार्यलयलाइ डस्टबिन सहयोग

चैत्र ८,हेटौडा :- महालक्ष्मी विकास बैंक लिमिटेड हेटौंडा शाखाले हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयलाई डस्टविन सहयोग गरेको छ । बिहीबार बैंकका कर्मचारीले वडा कार्यालयमै पुगेर डस्टविन सहयोग हस्तान्तरण गरेका हुन् ।

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ३० थान डस्टविन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । बैंकका प्रधान कार्यालय सहायक प्रमुख कार्यकारी अधिकृत अमितबहादुर चन्दले करिब २८ हजार रुपैयाँ बराबरको डस्टविन वडाअध्यक्ष नवीन सिग्देललाई हस्तान्तरण गर्नुभएको हो।

वडाभित्र फोहोर व्यवस्थापनमा चुनौती भएको अवस्थामा वडा कार्यालयलाई डस्टविन सहयोग गरेकोमा वडाध्यक्ष सिग्देलले खुशी व्यक्त गर्नुभयो । फोहोर व्यवस्थापनमा देखिएको चुनौतीलाई मध्यनजर गरेर सहयोगस्वरुप प्राप्त भएको डस्टविनलाई सार्वजनिक स्थानमा प्रयोग गर्ने उहाँले बताउनुभयो । विद्यालय तथा क्याम्पसका चौरमा डस्टविन राख्ने उहाँले बताउनुभयो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत चन्दले यसअघि रोटरी क्लब अफ हेटौंडासँगको सहकार्यमा हुप्रचौरमा राख्नका लागि डस्टविन सहयोग गरेको बताउनुभयो । हेटौंडा–१० स्थित सामुदायिक आँखा अस्पतालमा पानीको प्यूरिफायर, हेटौंडा–११ स्थित सहिद स्मारकमा डस्टविन र रोटरी क्लबसँगको सहकार्यमा विद्यालयमा शौचालय निर्माण गरेको उहाँले बताउनुभयो । डस्टविन हस्तान्तरण कार्यक्रममा वडा सदस्य गीता त्रिपाठीलगायत वडा कार्यालय र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.