आगलागीबाट थाहा-५ मा एक घर पूर्णरूपमा नष्ट

चैत्र ७, थाहा :- थाहानगरपालिका वडा नम्बर ५ तसरस्थित जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त भएको छ।

प्राप्त जानकारीअनुसार दिउँसो बिजुली सर्ट हुँदा आगलागी सुरु भएको थियो। आगोले घरका भाँडाकुँडा, लत्ताकपडा, अन्न तथा कृषि औजारलगायत सबै सामग्री जलेर नष्ट भएको स्थानीयले बताए।

स्थानीयवासीहरूको सक्रियतामा खोलाबाट पानी ल्याई आगो नियन्त्रणमा लिइएको थियो। थाहा नगर प्रहरी दमकलसहित घटनास्थलमा पुगे पनि त्यसबेलासम्म आगो निभाइसकिएको थियो।

थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, वडा नं. ४ का अध्यक्ष नरायण लामा, रेडक्रसका सदस्यहरू लगायतको टोली पीडित परिवारलाई त्रिपाल, चामल, दाल, नुन, तेल, लत्ताकपडालगायत आवश्यक राहत सामग्री लिएर घटनास्थल पुगेका थिए।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.