
चैत्र ६ हेटौडा :- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बारा जिल्ला आईपुगेका छन् । भोलीदेखि सुरू हुने ‘जनतासँग माओवादी’ हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस अभियानका लागि अध्यक्ष प्रचण्ड सहितको टोली आज अपरान्ह पाँच बजे बाराको सिमरा आईपुग्नुभएको थियो ।
सिमरामा प्रचण्डलाई नेता कार्यकर्ता तथा उद्योगी व्यवासायीहरुले स्वागत गरेका थिए । सिमरामा उद्योगी व्यावसायीहरु र स्थानीयसँग भेटघाट गरी उहाँ सिधैं बारको ऐतिहासिक तथा धार्मिक स्थल सिम्रौनगढ जानुभएको छ । सिम्रौनगढमै आज उहाँ बास बस्नुहुने र भोली बिहान अभियान अन्तर्गत तय गरिएका कार्यक्रमहरुमा सहभागी हुनुहुने छ ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan