हेटौंडा उपमाहानगरपालिका भित्र सबै क्याम्पस हरुको नतिजा सार्बजनिक

चैत्र ६,हेटौंडा:- हेटौंडा उपमहानगरपालिका भित्र रहेका चार वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका लागि भएको निर्वाचनको अन्तीम नजिता आएको छ । 
हेटौंडामा रहेको हेटौंडा क्याम्पसमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा अभि मैनाली निर्वाचित भएका छन् । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन् ।


सचीव पदमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुङ्गेलले ९१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दा क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत प्राप्त गरे । सदस्य तर्फ पनि गठवन्धनकै शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिश कुमार यादव र अखिलेस कुमार यादव निर्वाचित भएका छन् ।
यसैगरी मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रसिद्ध रेग्मी विजयी भएका छन् ।


नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीकाका छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए । उनी यस अघिका सभापती समेत हुन् ।
सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मत सहित विजयी बन्दा उनका अखिल क्रान्तिकारीका दिपेश कार्किले ५४४ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याय । सदस्य तर्फ पनि गठवन्धनकै मनोज घलान, उमेश चौधरी, दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी भए ।
यसैगरी स्वतन्त्र विद्यार्थी युनियन  निर्वाचन अन्तर्गत हेटौँडाको वन विज्ञान क्याम्पसको सभापतिमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीकाका छत्र शाहीले ११८ मत ल्याए ।
सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री २६७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी रमेश सिह बोहराले १०१ मत प्राप्त गरे । कोषाध्यक्षमा नेविसंघकी पूर्णिमा पन्त १६७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी क्रान्तिकारीकी निरुता श्रेष्ठले १०२ मत ल्याइन् । सदस्यतर्फ पनि गठबन्धनकै युनिशा धामी, विनय तिमल्सिना, रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।
यसैगरी स्वतन्त्र विधार्थी युनियन निर्वाचन अन्तरगत मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुलेले प्यानल सहित जित हासिल गरेको छ ।
कुल ८७ मतदाता रहेकोमा ८४ मत खसेकोमा अनेरास्ववियुका अध्यक्षका उम्मेदवार प्रशान्त भण्डारीले ५३ मत सहित विजयी भएका छ्न । उनको प्रतिस्पर्धी अखिल समाजवादीकि नविना घलानले ३१ मत ल्याईन । त्यसैगरि सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल विजयी बने । सदस्यहरुमा अम्बिका अर्याल, आयुषा ढकाल, सुजन तामाङ , दुर्गा कुमारी पण्डित विजयी भए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.