
चैत्र ५,हेटौंडा :- बागमती प्रदेश सरकार समाजिक विकास मन्त्रालयले महिला पत्रकारबीच बागमती प्रदेशस्तरीय समाचार लेखन प्रतियोगिता आयोजना गरेको छ । खोज मूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति गर्ने कार्यक्रम अन्तर्गत मंगलबार प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा उत्कृष्ट २० प्रतियोगीमध्ये १३ जिल्लाका १७ जनाको सहभागीता रहेको थियो । यसअघि खोज मूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति कार्यक्रम अन्तर्गत २९ जनाले लेख तथा समाचार पठाएको थियो । जसमा उत्कृष्ट २० जनालाई छनाैट गरेर प्रतियोगितामा सहभागी गराएको हो । मन्त्रालयले केही दिनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूको नाम सार्वजनिक गरेर प्रदेश सरकारको विशेष समारोहमा क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कृत गरिने जनाएको छ ।प्रतियोगितामा साभागीहरुले प्रोत्साहन बापत जनही रुपमा नगद रु,दश हजारका दरले बितरण समेत गरिने छ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सरकार सचिव बद्रीनाथ गैह्रे, प्रवक्ता अमृत अधिकारी, लैङ्िगक सम्पर्क व्यक्ति चन्द्र कुमारी व्यञ्जनकार, सञ्चारिका समूह नेपाल बागमती प्रदेशका निवर्तमान अध्यक्ष सरिता दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर लगायतको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ बागमती प्रदेश र सञ्चारिका समूह नेपाल बागमती प्रदेशको समन्वयमा प्रतियोगिता भएको थियो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan