विद्यार्थीका समस्या र समग्र क्यामपसको बिकास गर्न मेरो उम्मेदवारी : छोइसाङ लामा

चैत्र ४,हेटौंडा :- मकवानपुर जिल्लाको सबैभन्दा ठुलो शैक्षिक हबको रुपमा रहेको धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदको उम्मेदवार बनेका छोईसाङ लामा स्याङतानले विद्यार्थीको हकहित र क्याम्पसको विकासमा अपुरा कार्यहरु सम्पन्न गर्नको लागि आफु पुनः सभापति पदको उम्मेदवार बनेको बताएका छन्।

गत निर्वाचनमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा बिजयी भएर क्याम्पसको विकास र विद्यार्थी हकहितका लागि सक्रिय छोइसाङ क्याम्पसका बिद्यार्थीमाझ लोकप्रिय युवा हुन् ।मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ६,मा जन्मेका छोइसाङ एमबिस तेस्रो सेमेस्टरमा अध्ययनरत छन् ।

सामान्य परिवारमा जन्मेका छोइसाङ क्याम्पसको विकासमा क्याम्पस प्रशासन र ब्यवस्थापनसंग समन्वय गर्दै बिद्यार्थीका समस्या समाधानका लागि क्याम्पस परिसरमै भेटिन्छन् ।

सरल जीवनशैली र गाआउँले परिबेशमा हुर्केका छोइसाङ अध्ययनसंगै समग्र शैक्षिक संस्थाको बिकास र समग्र विद्यार्थी हकहितको लागि सदै अग्रमोर्चामा भेटिने साझा ब्याक्तित्व बन्न पुगेका छोइसाङ अबको पढाई प्रबिधि मैत्री,सिपमुलक र स्वरोजगार मुखी हुनुपर्ने बताउछन् ।

क्याम्पसको भौतिक र शैक्षिक गुणस्तर विकासमा सरोकारवाला र सम्बन्धित निकायसंग हरेक समस्याको समाधानमा निर्भीक रुपमा अग्रभागमा भेटिने छोइसाङ बिद्यार्थी आन्दोलनको साझा नाम बन्न गएको सहपाठी हरु बताउछन।

आफ्नो अघिल्लो कार्यकालमा विद्यार्थीलाई अध्ययनसँगै सीपमुलक तालिमको ब्यवस्था गरेर स्वरोजगार तर्फ अगाडि बढाएको स्मरण गर्दै छोइसाङले क्याम्पसको स्तरबृद्दि गरि छात्रवृत्ति र पुस्तकालयलाई ब्यवस्थित गर्ने योजना रहेको बताउछन।
त्यस्तै क्याम्पसमा आधुनिक र प्रविधिमैत्री सूचना तथा संचार प्रवाहमा जोड दिदै क्याम्पसमा प्राथमिक उपचारको ब्यवस्थापन गर्नुका साथै छात्राहरुकोलागि गुणस्तरीय सेनेटरी प्याडको पर्याप्त ब्यवस्था गर्ने योजना रहेको बताए ।

अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला सचिब समेत रहेका लामा समग्र जिल्लाको विद्यार्थी हकहितको लागि सक्रिय रूपमा सदै अग्रभागमा सबै बिद्यार्थी माझ रहने प्रतिबद्धता समेत व्यक्त गरे।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.