पुर्ब प्रधानमन्त्री पुस्पकमल दाहालको फोटो जलाउने लाई प्रहरी द्वारा प्रकाउ

चैत,३ हेटौंडा :- हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटोमा लाइटर बालेर आगो लगाउने राप्रपा निकट युवक सङ्गठनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँता रहेको मकवानपुर प्रहरीले जनाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा शनिबार उनले प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहको अगाडि प्रचण्डको फोटोमा आगो लगाएका थिए। उनलाई चितवनको भरतपुरबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले उल्लेख गरेका छन् ।
भरतपुरबाट पक्राउ परेका उनलाई अहिले हेटौंडा ल्याउँदै गरिएको एसपी खड्काले प्रष्टखबरलाई बताएका छन् । उनलाई जिल्ला लयाएपछि आवश्यक अनुसन्धान शुरु गरिने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.