
फाल्गुन २६,हेटौडा :- भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गते देखी सुरु भएको दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ । हेटौडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशि हात पार्न सफल भएको प्रतियोगीता संयोजक मणिराज गौतमले बताउनु भयो । खेलको १४ औ मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औ मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगातमान लामाले गोल गर्दै बराबरीमा बनाएका थिए । निर्धारित समयमा दुवै समूहबाट बराबरी गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा तिन दुई गोल अन्तरमा किङकम भेट्रान्स विजयी भएको हो । दितिय हुन सफल फ्रिडम फाईटर भेट्रान्सले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको संयोजक गौतमले बताउनु भयो ।
प्रतियोगिता अन्तर्गत किङकम भेट्रान्सका तर्फबाट सर्वश्रेष्ठ कोच राजकुमार पन्त,उत्कृष्ट फरवाड सरोज थापा,उत्कृष्ट गोलकिपर अमित प्रधान,उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भएका थिए भने फ्रिडम फाईटरको तर्फबाट ,उत्कृष्ट मिडफिल्डर उदय बहादुर गुरुङ घोषित भई जनही पाँच हजार नगद र ट्रफी प्राप्त गर्न सफल हुनुभएको थियो । यस्तै प्रतियोगिताको सर्वउत्कृष्ठ खेलाडी फ्रिडम फाईटरको तर्फबाट तेन्जिङ लामा घोषित भई नगद दश हजार सँगै ट्रफी प्राप्त गर्न सफल हुनुभएको थियो । बिजयी खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार प्रदान पछि सम्बोधन गर्नुहुदै नगरप्रमुख लामाले स्वास्थ्यका लागी खेलकुद महत्वपुर्ण रहेको बताउनुहुदै फुटबल खेलको बिस्तारमा भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगीताबाट युवापुस्ताका खेलाडीहरु उत्पादनमा पनि यसले भुमिका खेल्ने बताउनु भयो ।
समापन समारोहमा नगरप्रमुख लामा संगै शिक्षाविद् पूरण बहादुर जोशी,एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल,वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे,वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल,वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम,वडा नम्बर ८ अध्यक्ष राम थापा,वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर ११ अध्यक्ष जुना दाहाल,जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख माधब कोईराला, बागमती प्रदेश फुटबल सङ्घका महासचिव लवराज ठकुरी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको थियो भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको थियो। विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, सङ्घ संस्था तथा समाजसेवी, फुटबल खेल प्रेमीहरुको साथ सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताउनु भयो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan