बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघको सचिवमा : मकवानपुरका बर्तौला

फाल्गुन २५, हेटौंडा :- बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघको सचिवमा मकवानपुरका श्रबण बर्तौला चयन भएका छन्।संघको भेलापश्चात गठित तदर्थ समितिको प्रदेश सचिवमा हेटौंडा २ निवासी बर्तौलाले जिम्मेवारी पाएका हुन् । भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
बागमती प्रदेश खेलकुद परिषद्को पछिल्लो सूचना अनुसार संघले दोस्रोपटक भेला गरी विकास लामाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । संघको उपाध्यक्षमा विक्रम रेग्मी र नरेन भासिमा, कोषाध्यक्ष सुजित बोडे तथा सदस्यहरूमा सुनित देउला, दयाराम अधिकारी, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंह रहेका छ्न् । भेलाले स्केट खेलको इतिहास, वर्तमान र भविष्यसहित छलफल गरेर यो खेलको विकास, प्रचारप्रसार र प्रवद्र्धन गर्दै मर्यादित बनाउने प्रतिबद्धता समेत गरेको सचिव बर्तौलाले जानकारी दिए । 


 

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.