
फाल्गुन २५, हेटौडामा :- जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेका छन् । आइतबार हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई एक शून्य गोल अन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने किङकम भेट्रान्सले आयोजक हेटौडा भेट्रान्स क्लबलाई तिन गोलको विरुद्ध पाँच गोल गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा फ्रिडम भेट्रान्सको तर्फबाट खेलको छैटौँ मिनेटमा कृष्ण मालाकारले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलमा म्यान अफ द म्याच गोलकर्ता मालाकार घोषित भएका थिए ।
यस्तै किङकम भेट्रान्सको तर्फबाट खेलको ७ औ मिनेटमा सरोज थापा र नीरज सिंह बस्नेतले २८औ मिनेटमा एक एक गोल गरेका थिए भने किशोर नेपालीले १२औ,४२औ र ४४औ मिनेटमा तिन गोल गर्दै टिमलाई विजयी बनाएका थिए । यता हेटौडा भेट्रान्सको तर्फबाट खेलको ३१औ मिनेटमा प्रकाश महर्जनले एक गोल गरेका थिए भने दीपक लामाले ३७औ र ४१औ मिनेटमा दुई गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच किङकम भेट्रान्सका खेलाडी किशोर नेपाली घोषित भएका थिए । प्रतियोगिताको फाइनल खेल सोमबार दिउसो २ बजे फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स बिच हुने प्रतियोगीता संयोजक मणिराज गौतमले बताउनु भयो ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्ने संयोजक गौतमले बताउनु भयो । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।
प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको संयोजक गौतमले बताउनु भयो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan