लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश


रौतहट, २४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।
रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।


जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनुभएको हो। नप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुनुहुन्छ । गत स्थानीय तह निर्वाचनमा उहाँ यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो हुनुभएको थियो।
नवप्रवेशी तेलीले काङ्ग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताउनुभयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.