
रौतहट, २४ फागुन :- रौतहटमा विभिन्न पार्टी परित्याग गरी तीन सय जना बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानला क्रममा गडीमाइ नगरपालिका-९ मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो।
एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवं तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लाल्बहादुर दोङ, आजपा केन्द्रीय सदस्य अरुण पासवान, काङ्ग्रेसका बली सहनीको नेतृत्वमा उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् । अभियानअन्तर्गत आज रौतहटको लौकाहमा सभा हुँदैछ भने जिल्लाका अन्य विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम रहेका छन् ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan