
फाल्गुन २३,हेटौंडा :- नेकपा माओवादी केन्द्र निकट जनबर्गिय संगठन अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र बागमती प्रदेश समितिले प्रदेश भित्र रहेका किसानहरूको समस्याको बारेमा आगामी बजेटमा किसानहरुको समस्या समाधानका लागि नीति तथा कार्यक्रममा बजेत मार्फत सम्बोधन गर्न बागमती प्रदेशका मुख्यमन्त्री र कृषि मन्त्री लाई ध्यानाकर्षण गराएको छ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रह्लाद लामिछाने,महासंघ बागमती प्रदेश समितीका अध्यक्ष राम प्रसाद दाहाल,उपाध्यक्ष रामहरी सुबेदी,सचीव हरिशरण बरुवाल, सह-सचीव रामचन्द्र नेपाल,भगिरथ तिमल्सिना मकवानपुर महासंघ इन्चार्ज यज्ञ तिमल्सिना मकवानपुर जिल्ला अध्यक्ष झलक भुजेल लगायत चितवन,मकवानपुर जिल्लाका किसान नेताहरुको उपस्थिति रहेको थियो।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामाले अहिलेको प्रदेश सरकार किसानको हकहितका लागि काम गर्न लागिपरेको बताउदै छिट्टै ध्यानाकर्षण भएको बिसयमा काम सुरु गर्नै बताउनु भयो।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan