
फाल्गुन २३ हेटौडा :- बागमती गाउपालिका माहाभारत गाउपालिका र खानिखोला गाउपालिका लाई सडक सन्जाल बाट सबैभन्दा नजिकको सहर संग जोड्ने एकमात्र सडक झुरझुरे- भोर्लेनी,तालढुंगा- देबिटार भएर रोशी गाउपालिकाक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका,५ रमकवानपुरको बाग्मती गाउँपालिका,५सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोसी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्सेनि प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।
तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३-०७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती बेहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
हालसम्म पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’ र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङ सकिएको छ । निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक काम सकिएको दाबी गर्दै आएको छ।दुई घण्टामा खानी खोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँ पुल बनेमा निकै सजिलो हुने थियो, स्थानीयवासी रामप्रसाद तिमल्सिनाले भन्नुभयो । निर्माण व्यवसायी खड्ग गोपालीले सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभएको छ । महाभारत, खानि खोला र बागमती गाउँपालिकाको टोलीले बुधबार मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएका थिए। सो अवसरमा मुख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई उक्त पुललाई चाँडो सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । उहाँका अनुसार मन्त्री मास्कले आफूले प्रदेशका रुग्ण योजना पहिचान गरी २९ वटालाई गति दिएको र तीन योजना सम्पन्न भएको बताउनुभयो ।
मुख्यमन्त्री लामाले बाढी र पहिरो बाट प्रभावित भएका ठाउहरु लाई प्राथमिकतामा राखेर काम भैरहेको बताउनु भएको थियो।
कार्यक्रममा खानिखोला गाउपालिका(काभ्रेपलान्चोक) अध्यक्ष इन्द्रबहादुर थिङ,बागमती गाउपालिका (मकवानपुर)अध्यक्ष सर्केश घलान र माहाभारत गाउपालिका( काभ्रेपलान्चोक)अध्यक्ष कान्छालाल जिम्बाले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan