मनहरीमा सालनालसहित नवजात शिशु फेला

फाल्गुन २१,हेटौंडा : – मकवानपुरको मनहरीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारकाे डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।उनका अनुसार शिशुकाे शव फाल्नेकाे पहिचान हुन सकेकाे छैन । अन्दाजी १/२ दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने जस्तो देखिएको जानकारी दिइएको छ। प्रहरीका अनुसार २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएकाे हो।
शिशुको शव सालनालसहित रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ 

पछिल्लो समय मकवानपुरमा यस्ता घटनाहरुमा वृद्धि हुँदै गएको देखिन्छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.