
फाल्गुन २०,हेटौंडा : – प्रेस सेन्टर नेपाल मकवानपुरले मकवानपुरबाट प्रेस सेन्टर नेपाल बागमती प्रदेशको कार्यसमितिमा निर्वाचितलाई सम्मान गरेको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, महिला सचिव भावना रिजाल, सदस्यहरु सरला अधिकारी,यादव चौलागाईं,उमेश राई, मिना श्रेष्ठ, रंजिता डङ्गोल,रुपा गुरुङलाई सम्मान पत्रले सम्मानित गरेकाे हाे ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्माको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियोे। केन्द्रीय सदस्य मोक्तानले प्रेस सेन्टरको मेहनतले नै जिल्लामा पहिलो संगठन बन्न सफल भएको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने प्रेस सेन्टर नेपाल मकवानपुरले अहिले जुन सफलता हासिल गरेको छ,त्यो गर्वको कुरा भएको बताउनु भयो।
कार्यक्रममा मकवानपुरका इन्चार्ज विजय गाैतम, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रीन,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाइ तथा शुभकामना दिनुभएको थियो।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan