
फागुन २०,हेटौंडा : – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले आसन्न स्ववियू निर्वाचनमा अखिल (क्रान्तिकारी)ले विजय हासिल गर्दा सुशासनको अभियानलाई बल पुग्ने दाबि गरेका छन्।
अखिल (क्रान्तिकारी) बन बिज्ञान क्याम्पस हेटौंडाद्वारा आयोजित प्रशिक्षण एवं ब्याच कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने, “सरकार नांगो ढंगले कुशासन तर्फ उद्धत भईरहेको वर्तमान अवस्थामा यसको बिरुद्ध निसन्देह खबरदारीमा जुटेको बिध्यार्थी संगठन अखिल (क्रान्तिकारी) नै विजयको असली हकदार रहेको छ।” बिध्यार्थी आन्दोलनको मूल चरित्र कुशासनको बिरुद्ध र सत्ताको खबरदारी रहेकोले पनि बिध्यार्थीहरुले क्रान्तिकारीलाई रोज्ने स्थिति रहेको नेता गौतमले जिकिर गरे।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एबम हेटौडा उपमहानगरपालिका इन्चार्ज प्रल्हाद लामिछानेले यसपाली बिध्यार्थी सामू अखिल (क्रान्तिकारी) जिताउनुको बिकल्प नरहेको अवस्थामा एकताबद्ध भएर परिचालित हुन आग्रह समेत गर्नुभयो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय प्रमुख ललित घलान, क्याम्पस प्रमुख डा शिवकुमार मानजन, पार्टीका हेटौंडा उपमहानगरका निवर्तमान अध्यक्ष तिर्थबहादुर थापामगर, प्राध्यापक संगठनका जिल्ला सहसचिव शैलेन्द्र यादव, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य रोजल तामांग, केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, जिल्ला अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाईबा, सचिव छोईसांग लामा, सचिवालय सदस्य सागर श्रेष्ठ, स्ववियूका कार्यबहाक सभापति अमृत देवकोटा लगायतले निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
भेलाले बिमला खड्काको अध्यक्षतामा १७ सदस्यीय २०८१-२०८५ ब्याच कमिटी गठन गरेको छ। कार्यक्रमको अध्यक्षता संगठनका क्याम्पस कमिटी उपाध्यक्ष आयुष्मा पन्थीले गर्नुभएको थियो।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan