
फाल्गुन १९, हेटौंडा : – सोमबार विहान अन्दाजी ९ः०५ बजेको समयमा ट्रकको ठक्करबाट घाईते भएका मोटरसाईलको पछाडी सवार चितवनको रत्ननगर नगरपालिका ,१६ पिठुवा बस्ने ५६ बर्षीय निम बहादुर थापाको उपचारको क्रममा मृत्यु भएको हो
ट्रकको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर भएका थापालाई मनहरी अस्पताल पुर्याइएकोमा विहान ९ः२५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका,७ मनहरी पुल स्थित पुर्ब पश्चिम सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिँई दुर्घटना हुँदा थापासँगै मोटरसाईकल चालक ५५ वर्षीय रामजी गौतम घाईते भएका थिए ।
चालक गौतमको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाईकल चालक गौतमलाई थप उपचारको लागी चितवन तर्फ रिफर गरिएको छ ।
साथै ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा ,२१ अम्लेखगंज बस्ने ३९ वर्षीय ओम प्रसाद खनाल इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan