
फाल्गुन १८,हेटौडा :- भीमफेदी गाउँपालिका वडा नं.९ बसिफाँट माथिको तारेभिरमा एक सय वर्ग फिटको गुरु पद्मसम्भवको मुर्ती कुँदने कामको लागि खट बान्न आवश्यक पर्ने बाँस ओसार्ने काम नेपाल कम्युनिस्ट पार्टी माओवादी थाहानगर कमिटिले श्रमदान अभियान सन्चालन गरेको छ ।
थाहाको पवित्रस्थल ॠषेश्वरमा गुरु पद्मसम्भवले ४० दिन सम्म तपस्या गर्नुभएको साथै ॠषेश्वर पछाडि दक्षिणपट्टीको बसिफाँटमा गुरु ज्याडल रिन्पोछेले आठबर्ष सम्म लगातार तपस्या गरेको सो स्थानलाई बज्रयान बौद्द समुदायले अत्यन्तै पवित्र स्थलको रुपमा मान्नेगरेको माओवादी केन्द्र थाहानगरका नेता बिनोद लामाले जानकारी दिनुभयो।
यस स्थानमा गुरु पद्मसम्भवको चित्र कुँदिएपिछ धार्मिक,पर्यटन प्रवर्द्धनमा टेवापुग्न गइ आर्थिक समृद्धिमा टेवापुग्ने बिश्वास लामाले गर्नुभयो।
राजनैतिक दल समाज रुपान्तरणको महत्त्वपूर्ण अंग भएको र समाजका हरेक कार्यमा सकृय सहभागीता आबस्यक रहेकोले राजनैतिक दलको भुमिका समाजप्रति अपरिहार्य हुनुपर्ने कुरामा जोड दिनुभयो।
राजनैतिक दलको काम चुनाब लड्ने,भोट मग्ने मात्र हो भन्ने मान्यतालाई भंग गर्न हामिले यो धार्मिक स्थलमा जनसहभागिताको व्यापक सम्लग्नतामा श्रमदान अभियान संचालन गरिएको लामाले जानकारी दिदै थाहा नगरको १२ वटै वडा कमिटिहरुलाई श्रमदान अभियानमा सरिक हुन आव्हान गर्दै आमनागरिक,स्थानीय संघसंस्था,राजनैतिक दल समाजसेवी सबैलाई आर्थिक,भौतिक नैतिक सहयोग गर्न समेत हाम्रो पार्टीले अनुरोध गरिसकेको जानकारी दिनुभयो।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan