वडा अध्यक्षका प्रत्यासीसहित काङ्ग्रेसका एक सय बढी माओवादी प्रवेश


सिरहा, १७ फागुन । गत स्थानीय निर्वाचननमा सिरहाको औरही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवसहित एक बढी काङ्ग्रेसका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही ४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले नवप्रवेशीलाई स्वागत गर्नुभएको हो ।
गत स्थानीय निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो । आज माओवादी केन्द्र प्रवेश गर्नुभएका यादवले उक्त निर्वाचनमा ५२५ मत प्राप्त गर्नुभएको थियो । यो वडा यादव समुदायको बाहुल्यता भएको वस्ती हो।


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताउनुभयो । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिनुभयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.