रास्ट्रको सार्बभौमसत्ता र अखण्डताको सुरक्षामा नेपाली सेनाको महत्त्वपूर्ण योगदान : प्रदेश प्रमुख देबकोटा

फाल्गुन १७,हेटौंडा : – नेपाली सेनाले राष्ट्रको सुरक्षामा महत्त्वपूर्ण भुमिका खेल्नुका साथै देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन,शान्ति स्थापना र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउदै आएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ ।

महाशिवरात्री तथा २६२ औं नेपाली सेना दिवशको उपलक्ष्यमा आयोजित विविध सैनिक प्रदर्शनी-वाकथुन तथा (एडभेन्चर च्यालेन्ज) Adventure challenge प्रतियोगिता २०८१ कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएको हो ।

गौरवशाली इतिहास बोकेको नेपाली सेनाले राष्ट्रलाई पर्न आउने बिभिन्न विपत्तिमा जनताहरुको जनधनको क्षति हुनबाट बचाउन सहयोग गर्दै आईरहेको उहाले बताउनु भयो ।

जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका हरेक कुनाकाप्चामा जनहीतका कार्यहरु गर्दै, आफ्नो ज्यानको पर्वाह नगरी जनरक्षाको लागी नेपाली सेना निरन्तर खट्टीई रहेकोमा सेनाको योगदानको उच्छ करद गर्नुभयो ।

प्रदेश स्तरमा आयोजना गरिएको यस वाकथुन तथा (एडभेन्चर च्यालेन्ज ) Adventure challenge प्रतियोगिता-२०८१ कार्यक्रमले बागमती प्रदेशमा रहेका जनताहरुलाई नेपाली सेनाबारे जान्ने बुझ्ने अवसर प्रदान गरी नेपाली सेना प्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि भएको पाएको उहाँले बताउनुभयो ।

अनेकता विचको एकताको प्रतिकको रुपमा नेपाली सेनाले पाईरहेको जनताको साथ र सहयोगमा समेत वृद्धि भएको देखिन्छ । “आजको (एडभेन्चर च्यालेन्ज) Adventure challenge प्रतियोगिताले युवा तथा विद्यार्थी भाईबहिनीका बाधा कठिनाईलाई हौसला, जोश, जाँगर र मानसिक तथा शारीरिक तन्दुरुस्तीले पार गर्न सकिन्छ भन्ने शिक्षा दिएको अनुभूति गरेको छु” उहाँले भन्नुभयो।

नेपाली सेना सम्बन्धी जानकारी दिने उद्देश्यले तयार गरिएका स्टलहरुले यस क्षेत्रमा रहेका जनताहरु त्यसमा पनि विशेष गरि विद्यार्थीहरुलाई नेपाली सेना सम्बन्धी ज्ञान हासिल गर्न सहज भएको महशुस गरेको उहाँले बताउनु भयो।

कार्यक्रममा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, मध्य पृतनाका पृतनापती हरेन्द्र पाठक, प्रदेश सरकारका प्रमुख सचिव एवं, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख ज्यूहरु तथा वाहिनीपति, प्रदेश तथा मकवानपुर जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.