हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस

फागुन १३, हेटौंडा:- हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसले साताव्यापी रुपमा अतिरिक्त क्रियाकलापलगायतका कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
क्याम्पसले ३५ औँ स्थापना दिवसका अवसरमा भएको अतिरिक्त क्रियाकलाप सप्ताहका विजयीलाई मङ्गलबार एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण तथा सम्मान गरेको हो ।
स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्यभएको बताउनुभयो । उहाँले प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौँडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समितिका अध्यक्ष आनन्दराम पराजुलीले हेटौँडा क्याम्पसको मकवानपुर जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै प्रदेश सरकारले सामुदायिक क्याम्पसमा गरिने लगानीमा वृद्धि आवश्यकभएको बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौँडा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभि मैनालीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा प्राथमिक तहतर्फ १ नं. नाम सिफारिशमा पर्न सफल क्याम्पसका छात्रा एलिषा घिमिरेलाई सम्मान गरिएको थियो ।
साथै क्याम्पसका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज पोखेरेलले साताव्यापी रुपमा भएको भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टनलागयतका प्रतियोगिताका विजयी तथा उपविजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.