प्रेस चौतारी बागमती प्रदेशमा तिलकराम रिमालको नेतृत्व

फाल्गुन १२,हेटौडा: –  प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन भएका छन् ।प्रेस चौतारी बागमती प्रदेश समितिको चितवनमा सम्पन्न दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला)मा तारा बस्नेत र महासचिवमा प्रकाश दाहाललाई चयन गरेको छ ।

अधिवेशनले सचिवमा गोविन्द घिमिरे,लक्ष्मण घिमिरे, भोलाराज पौडेल,रूपक कोइराला र समावेशी सचिवमा नवराज श्रेष्ठ र जगमान तामाङलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
त्यसैगरी मकवानपुर बाट कार्यसमिति सदस्यहरुमा बिबश अधिकारी,सुनिता बिस्ट,आरती ढकाल,रबिन ढुंगाना,रुपक कालिराज निर्बाचीत भएका छ्न।
उपत्यका बाहेक बागमती प्रदेशका १० जिल्लाका प्रतिनिधि रहेका अधिवेशनले आगामी तीन वर्षको कार्यकालको लागि १७ जना सदस्य चयन गरेको छ ।अधिवेशनको आइतबार उद्घाटन सत्रलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, संगठनका अध्यक्ष गणेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.