हेटौडा देखि फाखेल हुँदै फर्पिङ सडक एकतर्फी बन्द

फाल्गुन ११,हेटौंडा : –  मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको सडक हेटौँडा,फाखेल,फर्पिङ सडकस्तरोन्नतिका क्रममा शनिबारबाट एकतर्फी गरिएको छ ।

हेटौँडा,फाखेल,हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलङ्कीदेखि महालक्ष्मीखोलासम्म सडक ढलानका क्रममा उक्त सडक खण्डमा सवारी साधनको आवागमन एकतर्फी गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त कार्यालयका कार्यालय प्रमुख सुजन भण्डारीले सडक ढलानका क्रममा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्य सहजरुपमा हुन नसकेका कारण एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधन जाम भई यात्रुले समेत सास्ती भोग्नु परेको छ ।

हेटौँडा,फाखेल,हुमाने सडकबाट हेटौँडा,काठमाडौं जाने गरी एकतर्फी चलाउनुपर्ने भएकाले आवश्यक समन्वय गरिदिन काठमाडौं र मकवानपुरको जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

साथै सो क्षेत्र हुँदै हेटौँडा,काठमाडौं यात्रा गर्न हेभी,सिस्नेरी,दक्षिणकाली वैकल्पिक सडक उपलब्ध रहेको समेत उहाँले बताउनुभयो ।

यस्तै, महालक्ष्मी,चखेल,मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा गत आइतबारबाट डेढ महिनाका लागि बन्द गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.