मकवानपुरगढि वडा न.४ को अधिबेशन बाट अध्यक्षमा : बिक्रम योन्जन

फागुन ११,हेटौंडा : – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मकवानपुर गढि गाउपालिका ४ न. वडा कमिटी अधिबेशन सम्पन्न भएको छ।

हिजो सम्पन्न अधिबेशन ले बिक्रम योन्जन को नेतृत्वमा २५ सदस्यीय कार्यसमिती निर्माण गरेको छ।
कमिटीको उपाध्यक्षमा सन्जय घिसिङ सचिबमा हरिशरण दाहाल सह-सचिबमा पदम योन्जन, कोषाध्यक्षमा शर्मिला पाख्रीन रहनु भएको छ।कार्यक्रममा हेम बा. योन्जनको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सन्चालन राजकुमार चौलागाईंले गर्नु भएको थियो।

कार्यक्रम उद्घाटन अधिबेशनको ब्यानर पढेर जिल्ला समन्वय समियि सचिब वीर बा घलान (ज्वाला) बाट भएको थियो।

कार्यक्रममा पार्टीको पछिल्लो गतिविधि एबम पार्टीले अबका दिनमा लिनुपर्ने कार्यभारको बारेमा दिशानिर्देश गर्दै माहान सहिद रुद्र पाख्रीनलाई सम्झदै यस वडा हामिले गर्बका साथ छाती फुलाएर लिदा लिदै पनि के कारण सदै चुनाबको नतिजा मा भने सदै असफलता हात पारिरहेका छौ तेतातिर गम्भीर भएर लाग्न आबस्यक पर्दा तपाईं हरु संग सिङो जिल्ला पार्टी हमेसा  साथमा साथ र हातमा हात मिलाएर अगि बढ्न तयार रहेको जानकारी दिनु भयो।

यो ब्यबस्थामा आज गरिब दलित सर्बहारा बर्ग देखि हिजोको मुर्ती बेचुवाहरु, नदिनाला बेच्ने हरु देशको अस्मिता बेच्ने हरु सबै अटाएको जानकारी दिदै भस्ट र नालाएक हरुलाइ अब बिस्तारै उस्ले गरेका भस्टाचार हरु छानबिन गरेर जेल कोच्ने अबस्थामा पुगेपछी अहिलेको भ्रस्ट र तस्कर हरुको मिलेमतोमा यो सरकार निर्माण भएको हो। अहिले माहान सहिद हरुको बलिदानी बाट प्राप्त उपलब्धि हरुको रक्षाको लागि हिजो जस्तो बन्दुक बोकेर जङ्गल जङ्गलमा लुकेर सामन्ती र दलालहरु बिरुद आफ्नो जीवन आहुती दिनु पर्ने अबस्था नरहेको जानकारी दिदै अहिले तपाईं हामी इमान्दार भएर सामान्य पसिना बगाएर पनि पार्टीले गरेका र लिएका नितिहरुलाइ प्रतेक जनताको घर घर्मा गएर पनि पार्टी पहिलो पार्टीको रूपमा स्थापित हुने बिश्वास व्यक्त गर्नु भयो।
नेकपा माओबादिले नेतृत्व गरेका पालिकाहरु आज बिकासको दृस्ठिकोणले नमुना को रुपमा बिकास भएको कुरा जगजाहेर नै छ। भरतपुर माहानगरपालिका र बागमती गाउपालिका पाँच बर्षअघिको अबस्था र अहिले कस्तो छ तपाईं हरु आफैले अनुभव गर्न सक्नुहुन्छ।

शुभकामना मन्तव्य राख्दै मकवानपुरगढी गाउपालिकाको उपाध्यक्ष क.युबराज सापकोटा बाट यस गढी गाउपालिका ले यो ब्यबस्था परिबर्तन गर्नको निम्ति आफ्नो जीवन आहुती दिनु भएका माहान सहिद क रुद्र पाख्रीनको तातो रगत बाट प्राप्त उपलब्धि लाइ कोमामा पुगेको राजतन्त्र फेरि ब्युताउने खालको गतिविधि हुन लागेको होकि भन्ने आशन्का पैदा भएको छ। रुद्र पाख्रीनको बलिदानी र ब्यबस्था जोगाउन तपाई हामी आबस्यक पर्दा सहिद बन्न आबस्यक रहेको बताउनु भयो।

मकवानपुर गाउपालिका का अध्यक्ष राजकुमार खड्काले हाम्रै यसै वडाका माहान सहिद क रुद्र पाख्रीन को सपना पूरा गर्नको लागि हामिले यस वडा लाई आगामी चुनाब मा वडा जित्ने गरि लाग्नु पर्ने दबाब र कार्यभार हामिमा चुनौतिको रुपमा आएको बताउदै दलित महिला अपाङ्ग मधेसी अल्पसंख्यक सबैको अधिकार सुनिस्चित हुने गरि अहिले जुन तीन तहको सरकार निर्माण भएको छ यस्को परिकल्पना कार नेकपा मओबादी हो। यो ब्यबस्था को जगेर्ना गरेर देशमा सर्बहरा गरिब बर्गको गरि खाने अबस्था निर्माण गर्नु पनि हाम्रो अबिभारा हो। तपाईं हामी सबै ले माहान सहिद क रुद्र पख्रीन को योगदान र वाहाको सपना साकार पार्न सबै एक भएर लाग्नु पर्ने र ब्यबस्था जगेर्ना को निम्ति फेरि पनि बलिदानी दिन तयार रहनु पर्ने बेला आएको बताउनु भयो।

जिल्ला कमिटी सदस्य चन्द बाहादुर योन्जनले यो वडा बिशिस्ट वडा हुदा हुँदै पनि बिगत दुई कार्यकाल मा हामिले जित हासिल गर्ने अबसरबाट बन्चित रहनु पर्यो। माहान सहिद रुद्र पाख्रीन को आफ्नै वडा भएर पनि हेटौंडा उपमानगर पालिका संग जोडिएको वडा भैरहदा हामिले चुनाब जित्न सकेका छैनौ। चुनाब नजिती जनताको पिर मर्का र पार्टी को कार्यक्रम हरु जनतामा लिएर जान नस्क्ने भएको हुदा अगामी चुनाब मा जित हासिलका लागि अहिले देखिनै जनताको समस्या र पिरमर्कामा हातेमालो गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.