गाउँपालीका स्तरीय दौड प्रतियोगिता राजकुमार गोलेले जितेका छन ।


फागुन १०,हेटौंडा : – हातेमालो बचत तथा श्रृण सहकारी सस्थाँको आयोजनामा आज शनिबार बकैयाको गरगरे सेवा केन्द्रमा आयोजित कार्यक्रममा गोलेले नगद सहित विेजेता बनेका हुन् ।
नेपाल एथलेटिक्स संघ बकैयाको प्राविधिक सहयोगमा भएको दौड प्रतियोगिता गरगरे देखी बकैया ५ श्रीपुर गुम्वा हुदै पुन सोही बकैया ४ गरगरेमा टुङ्गीएको थियो ।४१ वर्षिय भुपु माझी तथा १२ वर्षिय आकास तिमल्सिना समेत गरी २८ जनाको सहभागिता रहेको पालिका स्तरिय प्रतियोगितामा सन्तोष गौतम बकैया ७ द्दित्तिय, बकैया ५ का अनिस थिङ तृतिय र चौथो तथा सान्त्वना बकैया ७ का विज्ञान भोम्जन भएका थिए । प्रतियोगितामा क्रमश प्रथम द्दित्तिय तृतिय र सान्त्वना हुने खेलाडीले क्रमश ५ हजार ३हजार २हजार र १ हजार प्राप्त गरेका थिए ।
हातेमालो साकोसको अध्यक्ष सिताराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बकैया गाँउपालिका उपाध्यक्ष भक्तबहादुर खत्रिले गर्नु भएको थियो । हातेमालोको व्यवस्थापक रमला सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा बकैया खेलकुद विकास समिती अध्यक्ष विजय थिङ, बकैया गापा ३ वडा अध्यक्ष भुवलसिं घलान,५ का अध्यक्ष लक्ष्मी जिम्वा,६ का अध्यक्ष फुलबहादुर भोम्जन , ७का अध्यक्ष मान बहादुर स्याङ्तान, स्थानिय प्रहरी, सहकारीकर्मी राजनैतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.