स्वबियु निर्बाचनको तालिका सार्बजनिक

फागुन ९, हेटौडा : – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आज सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचनका लागि फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता गर्ने मिति तोकिएको छ भने फागुन २१ गते मतदाता सूची प्रकाशन गरिने कार्यतालिका त्रिवि स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिले सार्वजनकि गरेको हो ।
यसैगरी, फागुन २५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, २६ गते प्रत्यक्ष र समानुपातिक उम्मेदवारको लागि मनोनयन वितरण र २७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
फागुन २८ गते उम्मेदवारको नामावली माथि दाबी बिरोध र छानबिन गर्ने, फागुन २९ गते उम्मेदवारको दुवैतर्फको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ५ गते मतदानको कार्यतालिका तय भएको छ

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.