
फाल्गुन ९, हेटौंडा : – काठमाडौं मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भन्ने महसुस गराउनु भएकोमा धन्यवाद’ भनेका छन् ।
गत मध्यरातमा उनले सामाजिक सञ्जालमा गरेको पोष्टमा यस्तो उल्लेख छ ।
”हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोड्दैछन्।
तपाईं गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्; तपाईं अल्छी मानिसहरूलाई यसको लागि बाँकी संसार चाहिन्छ” उनले भनेका छन् ।
यस्तै, ‘आफ्नो वासना (DV) दासत्व पनि बन्द गर्नुहोस्; हामी हाम्रा रत्नहरू फिर्ता पाउनेछौं’ भन्दै उनले अगाडि लेखेका छन, ”आफ्नो देशबाट बाँकी संसारलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई अगाडि बढ्न दिनुहोस
उनको दाबी अनुसार नेपाल गरिब हुनुको मुख्य कारण दक्ष जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको बताएका छन्। उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत उठाएका छन्।
उनले विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिनुपर्ने सुझाव दिएका छन्।
बालेनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ। कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन्।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan