
फागुन ८, हेटौंडा : – दिक्षान्त पुस्तक भन्डारका संचालक नम्रता अर्याल र अखिल(क्रान्तिकारी)मकवानपुरअध्यक्ष बुद्धराज अर्यालको संयुक्त लगानिमा महेन्द्र माविमाको पुस्तकालयमा करिब १ लाख रकम बराबरको पुस्तक साथै स्पोर्ट्स सामग्री हस्तान्तरण गरेको छ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननीय कुमारी मोक्तानले विध्यालयमा उत्कृष्ट शैक्षिक वातावरण बनाउनको निम्ति पुस्तकालय आवस्यक रहेको बताउनुभयो।साथै वहाँले आफू बागमती प्रदेशको सामाजिक बिकास मन्त्री रहदा विद्यार्थी आवतजावतको निम्ति एउटा बस उपलब्ध गराएको जानकारी गराउनुभयो।कार्यक्रममा बोल्दै महेन्द्र मा वि व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम गौतमले यस्तो सामाजिक उत्तर दायित्वका कामहरु निरन्तर
रुपमाअखिल(क्रान्तिकारी)मकवानपुरले गरिरहने छ भन्ने बिश्वास गर्दै आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै अखिल(क्रान्तिकारी)मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालले विध्यालयको थप स्तरन्नोती वृद्धि गर्न र पढ्ने बानिको बिकास गर्नको निम्ति पुस्तकालय लाई पुस्तक हस्तान्तरण गरेको जानकारी गराउनुभयो।विद्यार्थीहरुले बुझेर पढ्ने र पढ्ने सीपको बिकास बढाउन पुस्तक आवश्यक रहेको बताउनुभयो।
आजको पुस्तक हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी,नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिबेक राई,नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका अध्यक्ष बिमल नेपाल,नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य होमनाथ गौतम,अखिल(क्रान्तिकारी)पुर्ब केन्द्रीय उपमहासचिव प्रदिप अर्याल,अखिल(क्रान्तिकारी)केन्द्रिय सदस्य राजेन्द्र मोक्तान,अखिल(क्रान्तिकारी)मकवानपुर सह-सचिव सुजन सिलवाल,कोषादक्ष्य अनिल बसेल,सदस्य सागर श्रेष्ठ,दिपेश घिमिरे,महेन्द्र माविका प्रधान्ध्यापक दिपा सिग्देल,पिटिए अध्यक्ष एवम् सदस्यहरु,बिधालयका शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता बुद्ध राज अर्यालले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन सचिव छोइसाङ लामाले गर्नुभएको थियो।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan