
फाल्गुन ८,हेटौडा : – मकवानपुरको थाहानगरपालिकामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । थाहानगरपालिका वडा नम्बर-५ नलिबन बस्ने ३२ बर्षिय राजकुमार पाख्रिनको भीरबाट लडेर मृत्यु भएको हो ।
बुधबार बेलुका थाहानगरपालिका वडा नम्बर – ८ दामगढी स्थित माईला ससुरा अमरबहादुर थिङको छोरीको बिवाहको भोज खाई फर्जदै गर्दा थाहा – ७ भट्टीडाडा स्थित पार्वती गोलेको खाजाघर नजिक पिसाब गर्न गएको अवस्थामा भीरबाट दुईसय मिटर तल लडी घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान गरि शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan