
फाल्गुन ७,हेटौंडा : – मकवानपुर बहुमुखी क्याम्पसमा भएको बिरोध कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव ज्वाल वीर बहादुर घलानले भारत अध्ध्यन गर्न गएकी नेपाली चेली प्रकृति लम्सालको हत्या भएको र हत्याको आरोपित दोसिलाइ कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माघ राख्नुभएको छ।
त्यसै गरि अखिल(क्रान्तिकारी)मकवानपुर जिल्ला समितीका अध्यक्ष बुद्ध राज अर्याले भारतको KIIT विश्व विध्यालयमा अध्ध्यनरत ५०० नेपाली विद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टी साथै आवात जावतको खर्छ भुक्तानी सम्बन्धित विश्व विध्यालयले जिम्मा लिनुपर्ने बताउनु भयो।साथै नेपाली विद्यार्थीहरुको ८ बुदे माघ सम्बोधन नभएमा देशैभरी कडा रुपमा आन्दोलन अखिल(क्रान्तिकारी)ले गर्ने बताउनुभयो।
बिरोध कार्यक्रममा अखिल(क्रान्तिकारी)मकवानपुर फ्र्याक्सन इन्चार्ज ललित घलान,नेकपा माओवादी केन्द्र हेटौंडा-९ अध्यक्ष रामचन्द्र नेपाल,अखिल(क्रान्तिकारी)मकवानपुर सचिब छोइसाङ लामा,कोषाध्यक्ष अनिल बसेल लगायत जिल्ला सदस्य एवम् मकवानपुर क्याम्पसका इकाइ पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता सुजन सिलवालले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सचिव प्रकाश मिजारले गरेका थिए।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan