दोश्रो रास्ट्रीय निर्माण तथा ब्वायापार महोत्सव २०८१ सुरु

फाल्गुन ६, हेटौँडा : –  निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौँडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ । महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे ।

सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने उनले प्रतिबद्धता जनाए। निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

१८ फागुनसम्म चल्ने महोत्सव निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी तथा बिक्री गरिने मुख्य उद्देश्य रहेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए । महोत्सव अवधिभर निर्माण उद्योग क्षेत्रमा रहेको समस्या, चुनौती, अवसरबारे छलफल, गोष्ठीलगायतका अन्तर्क्रियात्मक कार्यक्रमहरूसमेत हुने उनको भनाइ छ ।

यस्तै, महोत्सवमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरूका राय, सल्लाह, सुझावसमेत संकलन गरिने अध्यक्ष कँडेलले जानकारी दिए । उनका अनुसार महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्रीलगायत तीन सय बढी स्टल रहेका छन् ।

महोत्सवमा हेटौँडा आइडल प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय एवं स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । हेटौँडा आइडलमा प्रारम्भिक छनोटबाट १६ प्रतिस्पर्धी छानिइसकिएको महोत्सव प्रचारप्रसार संयोजक सुरज बर्तौलाले जानकारी दिए ।

२०७१ सालमा पहिलोपटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो । निर्माण व्यवसायी संघको नयाँ भवन निर्माण गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको संघका महासचिव राजेन्द्र चौलागाईंले जानकारी दिए । संघको अहिले रहेको भवन जीर्ण भएपछि नयाँ भवन बनाउने उद्देश्य लिएर संघले महोत्सवको आयोजना गरेको उनको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.