भुमि सम्बन्धी अध्यादेश भु-माफियालाइ पोस्नका लागि ल्याईयो : पुर्व सभामुख सापकोटा

फाल्गुन ५ हेटौंडा : – बर्तमान सरकारले संसदलाई छलेर अध्यादेश मार्फत ल्याईएको विधेक भू-माफियालाई पोस्नकै लागि ल्याईएको  बताउनुभयो ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेश कमिटीको पाचौं अधिबेशनलाई सम्बोधन गर्नुहुदै नेकपा माओबादी केन्द्र प्रबक्ता एबम पार्टी उपाध्यक्ष अग्नि सापकोटाले यस्तो खुलासा गर्नुभएको हो । पुर्व सभामुख समेत रहनुभएका सापकोटाले सेन्टरको सुकुटे अधिवेशनलाई सम्बोधन गर्नुहुदै जनपक्षीय पत्रकारको रुपमा सेन्टरको टिम अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बर्तमान सरकारका प्रधानमन्त्रीमा संसदले उठाईएका जनपक्षीय  सवालको जवाफ दिन नसकेको प्रती पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो ।प्रश्न सोधिएको प्रयाप्त समय प्राप्त गर्दा पनि जवाफ दिने सामर्थ्य राख्न नसक्नु र संसदबाट भाग्नु संसदिय ब्यबस्थाको बर्खिलाप भएको बताउनुभयो । साथै वलि नेतृत्वको सरकार पुन: संसद विघटनको बाटोमा उद्दत देखिएको समेत जिकिर गर्नुभयो । संसदलाई बायस गर्दै अध्यादेश मार्फत अगाडि बढ्नु भनेको संसदिय ब्यबस्थामा  खतराको संकेत देखिएको बताउनुभयो । माओबादी केन्द्रको स्पष्ट धारणा भनेको प्रत्यक्ष कार्यकारी राष्ट्रपति  र पुर्ण समानुपातिक निर्वाचन  प्रणाली भएको समेत बताउनुभयो । बाहिर भुमी सम्बन्धी अध्यादेश भनिएता पनि भू -माफियालाई पोस्नकै लागि ल्याईएको समेत जिकिर गर्नुभयो ।  अध्यादेशबाट ल्याईएका विधेकबाट गिरिबन्दु टि स्टेट,ललिता निवास लगाएत अन्य थुप्रै काण्डका माफियालाई पोस्नको लागि विधेक उद्दत भएकोले वास्तविक सुकुम्बासी र भुमिहिनहरुको नाममा भनिएको विधेक सिमित ब्यक्ती मोटाउने मात्र हुने निश्चित रहेको समेत बताउनुभयो । केपि शर्मा वलि नेतृत्वको सरकारले ३१ वटा विधेक संसद छलेर अध्यादेश मार्फत ल्याईएको थियो ।

फाल्गुन ५ र ६ गते दुईदिन सम्म सन्चालन हुने अधिबेशनमा पुर्व सभामुख पार्टीका केन्द्रिय उपाध्यक्ष अग्नि सापकोटा, प्रेस सेन्टर नेपाल केन्द्रिय अध्यक्ष बिष्णु  सापकोटा जुगल, पार्टी केन्द्रिय सदस्य केशब नेपाल, पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री,सिन्धुपाल्चोक जिल्ला पार्टी  संयोजक गोबिन्द पराजुली,प्रेस सेन्टर नेपाल वरिष्ठ  केन्द्रिय उपाध्यक्ष कमल गिरि ,केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का,केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञवाली,केन्द्रिय उपाध्यक्ष गङ्गा बराल,केन्द्रिय महासचिव संतोष पौडेल , नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर,प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ध्रुब दङ्गाल लगाएतको आतिथ्यता रहेको थियो ।

उद्घाटन समारोहमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश कमिटी अध्यक्ष यदुनाथ गौतमको सभाध्यक्षता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर बागमती प्रदेश कमिटी महासचिव ध्रुव अधिकारीले गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने  महादिवेशनबाट २७ सदस्यीय कमिटी चयन गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.