
फाल्गुन ५,हेटौडा : – प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको पाचौं अधिबेशन सिन्धुपाल्चोकको सुकुटेमा शुरु भएकोछ । पर्यटकिय नगरी सुकुटेमा शुरु भएको अधिवेशनमा शुभकामना मन्तव्य ब्यक्त गर्दै नेकपा माओबादी पार्टी केन्द्रका प्रदेश कमिटी अध्यक्ष एबम बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्रीले सत्यको पक्षमा रहेर समाचार सम्प्रेषण गर्नु प्रेस सेन्टरको कर्तब्य हो भन्नुभयो ।
अध्यक्ष सहयात्रीले आजको सरकारको शाशकलाई रुचाईने प्रश्न मात्रै चाहेकाछन् भन्दै बर्तमान सरकारका नेतृत्वको कर्ताले जवाफदेहीबाट पन्छिएको बताउनुभयो ।
सत्य सबैको लागि पच्य नहुन सक्छ भन्दै अझै पनि हाम्रो समाजमा सामन्तबादी नैतिकताले झेलेको समाज रहेको र त्यसैको जडमा हुर्किएकाहरुको बर्तमान सरकारका नेतृत्वमा रहेकोले जन पक्षीय कार्य र निर्णयको आश गर्न नसकिने बताउनुभयो । आजको पत्रकारिता जगतले प्रश्नको स्तर पनि नयाँ ढङ्गले ल्याउन जरुरी रहेको समेत बताउनुभयो ।
फाल्गुन ५ र ६ गते दुईदिन सम्म सन्चालन हुने अधिबेशनमा पुर्व सभामुख पार्टीका केन्द्रिय उपाध्यक्ष अग्नि सापकोटा, प्रेस सेन्टर नेपाल केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा जुगल, पार्टी केन्द्रिय सदस्य केशब नेपाल, पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री,सिन्धुपाल्चोक जिल्ला पार्टी संयोजक गोबिन्द पराजुली,प्रेस सेन्टर नेपाल वरिष्ठ केन्द्रिय उपाध्यक्ष कमल गिरि ,केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का,केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञवाली,केन्द्रिय उपाध्यक्ष गङ्गा बराल,केन्द्रिय महासचिव संतोष पौडेल , नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर,प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ध्रुब दङ्गाल लगाएतको आतिथ्यता रहेको थियो ।
उद्घाटन समारोहमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश कमिटी अध्यक्ष यदुनाथ गौतमको सभाध्यक्षता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर बागमती प्रदेश कमिटी महासचिव ध्रुव अधिकारीले गर्नुभएको थियो ।
दुई दिनसम्म चल्ने महादिवेशनबाट ९९ सदस्यीय कमिटी प्रदेश कमिटी र २९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan