मकवानपुर जिल्ला खेलकुद द्वारा रक्तदान कार्यक्रम सम्पन्न

फाल्गुन ५, हेटौडा : – मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा  सोमबार रक्त्तदान कार्यक्रम भएको छ।

रक्तदान दान जीवन दान नारा को मध्यनजर गर्दै समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षता बागमती प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपक बहदुर लामाको प्रमुख आतिथ्यतामा  ३३ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेद्क्रस सोसाइटी रक्त संचार  केन्द्र हेटौंडाको व्यवस्थापनमा गरिएको रक्तदानमा  खेलाडी, प्रशिक्षक, बिभिन्न व्यक्तीत्व लगायतले रक्तदान गरेका हुन् ।

समितिका पुर्व अध्यक्ष सानू लामा, जुडो सङ्घ बगमती प्रदेस अध्यक्ष मदन उप्रेती, मकवानपुर तेक्वान्दो संघको अध्यक्ष लालकाजी रत्न बज्रचार्य, खेलकुद विकास समिति कार्यलय प्रमुख माधव कोईराला,समितिका जिल्ला सदस्य कृष्ण रुम्बा लगायतको उपस्थितिमामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.