
फागुन ३,हेटौडा: – थाहा नगरपालिका वडा नम्बर २ का किसान देबलाल देउलालाई आकाश खसेझै भएको छ । छोरा छोरीलाई झै स्याहार गरी हुर्काएको काउलीको विरुवामा नचिनेका मानिसहरुले झार मार्ने विषादी हाल्दिएपछि उनलाई भोक न तिर्खा भएको छ । देवलालले हुर्काएको केही विरुवा खेतमा सारी सकेकेका थिए भने केही ब्याडमै थियो ।
रातको समयमा ब्याड र खेतको सबै विरुवामा झार मार्ने विषादी हाल्दिएछन् पत्तै पाइन्’– देबललाले भने । हरियो फिर्न पर्ने विरुवा सुक्दै गएपछि त्यही विषादी हाल्दिएको ‘कन्फर्म’ भयो, उनले भने । झार मार्ने विषादी हाल्दिएपछि देबलालको खेतमा रोपेको ४ हजार र १२ हजार ब्याडको विरुवा भसक्कै मरेको छ ।
देबलालले यसअघि पनि यस्तो पीडा खेप्नु परेको थियो । उनले रोप्न ठीक्क पारेको तरकारीको बेर्नाको ब्याडमा अघिल्ला वर्षहरुमा पनि नचिनेका मान्छेहरुले रातको समयमा यसरी नै झार मार्ने विषादी हालेर क्षति पु¥याइदिने गरेका थिए । उनले भने–‘मेरो तरकारीको बेर्नाको ब्याडमा पहिले पनि यसरी विषादी हालेर क्षति पु¥याउने गर्थे अहिलेसम्म मान्छे चिन्न सक्या छैन ।
देबलाल मिहिनती किसान हुन् । उनीसहित साविक पालुङ गाविस वडा नम्बर ३ हाल थाहानगरको २ नम्बर वडा इन्द्रायणी बस्तीका अधिकांश किसानहरु न समूह न फार्म कहिँपनि आवद्ध छैनन् । पालिकाले कृषक समूह, सहकारी र फार्ममा आवद्धताको लागि सहजीकरण नगरको किसानहरुको भनाइ छ । समूह, सहकारी र फार्ममा किसानहरु आवद्ध नभएपछि इन्द्रायणी बस्तीका किसानहरु नगरपालिकाको अनुदानबाट समेत वञ्चित हुनु परेको गुनासो गर्छन् । ‘समूह, सहकारी र फार्म नभएपछि हामीलाई सरकारले किसानमा गन्ती नै गर्दैन काहाँबाट अनुदान पाउनु’–एक किसानले भने ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan