
फागुन २,हेटौंडा :- नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताउनुभएको छ ।
शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताउनुभएको हो ।
अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उहाले बताउनुभयो । श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने धारणा राख्नुभयो ।
उहाले माओवादीलाई बलियो पार्टी बनाउदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुराइछाड्ने उल्लेख गर्नुभयो ।
श्रेष्ठले सरकारको गतिविधि सवैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शव्द खेर नफाल्ने बताउनुभयो । उहाले भरतपुरको बिकास क्रान्तिकारी ढंगले भएको भन्दै भरतपुर महानगर प्रमुख दाहालको प्रसंसा गर्नुभयो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan