
फागुन १,हेटौडा : – नेकपा (माओवादी केन्द्र)का भातृ संगठनहरु र नेकपा माओवादी केन्द्र थाहा नगर र वडा कमिटीहरुले संयुक्त रुपमा ३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेका छन ।
नेकपा माओबादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारी, वाईसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल नेपाल किसान महासंघ,रिटर्नी सेन्टर,महिला,बुद्द्जिवी लगायतका संगठनहरुले संयुक्तरुपमा थाहाका १२ वटै वडामा दीप प्रज्वलन गरेर ‘जनयुद्ध दिवस’ मनाएका हुन् ।
सरकारले जनयुद्ध दिवसमा दिएको बिदा सर्वोच्च अदालतले खारेज गर्नु दुखद भएको दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले बताए । सबै माओवादी घटकहरु एक हुनुको बिकल्प नभएको उनीहरुको भनाई छ ।
यसै बिच ३० औं जनयुद्ध दिवसको अवसरमा वाइसीएल थाहा नगर कमिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।
बिकास घर शिखरकोटमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको वाइसीएल थाहाका अध्यक्ष केशव सुनारले जानकारी दिए।
२९ बर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउदै आएको छ
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan