बाबुराम भट्टराई भारि मत सहित बिजयी

माघ १ हेटौंडा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट डा.बाबुराम भट्टराई भारी मतले केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार सम्पन्न नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट डा.भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्।

केन्द्रीय अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो। भट्टराईसँगै अर्का उम्मेदवार नेत्र चापागाईँ थिए। १३२४ महाधिवेशन प्रतिनिधिले चुनावमा भाग लिएका थिए। जसमा  ८२२ मत खसेको थियो।

उक्त मतमध्ये अध्यक्षका उम्मेदवार डा.भट्टराई ६८२ र चापागाईँ ७१ मत ल्याएको नेता कृष्ण शर्माले जानकारी दिए। उनको भनाइमा विभिन्न देशबाट अनलाइन भोटिङ प्रणालीमार्फत भएको मत गन्न बाँकी छ।

नेता शर्माले नेसपा (नयाँ शक्ति) को अध्यक्षमा डा.भट्टराई भारी मतले निर्वाचित हुने देखिएको जानकारी दिए।

महाधिवेशनबाट २१ जना निर्विरोध निर्वाचित भइसकेका छन्। ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.