
माघ ३०,हेटौंडा : – बागमती – म्यारोन ट्रेक्स प्रा.लि. ले शैक्षिक सामाग्री र ओड्ने सिरकब्लाङ्केट वितरण गरिएको छ। आज बागमती गाउँपालिका वडा न.५ ज्यामिरेमा रहेको श्री देवकी माध्यमिक बिद्यालयमा सहयोग सामाग्री बितरण गरिएको हो।
देवकी माध्यमिक विद्यालय ज्यामिरेका बि ब्य स अध्यक्ष हस्त बहादुर थिङ जयन्तको सभाध्यक्षतामा भएको कार्यक्रममा म्यारोन ट्रेक्स प्रा.लि.का प्रमुख राम कुमार अधिकारीको प्रमुख आथित्यता रहेको थियो। ।काठमाडौ रानिबारीमा लामो समय देखि पर्यटन ब्यवसाय सन्चालन गर्दै आएका म्यारोन ट्रेक्स प्रा.ली.ले वार्षिक र अर्ध वार्षिक रुपमा नेपालका विभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आएको संस्थाका प्रमुख सन्चालक रामकुमार अधिकारीले बताउनु भयो।
कार्यक्रममा देवकी माध्यमिक विद्यालयका १-८ कक्षा सम्म अध्ययन गर्दै आएका गरिब बिपन्न विद्यार्थीहरुलाई कापी कलम र ओड्ने ४० थान ब्लाङ्केट प्रती विद्यार्थी १/१ थान वितरण गरेको छ। शैक्षिक सामाग्री र ओड्ने ब्लाङ्केट वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अधिकारीले बिगत केही महिना अगाडी असोजमा आएको बढीले बागमती किनाराका धेरै मानिसहरु बिस्थापित भएको र बागमती नदि किनारकै विद्यालयमा सहयोग गर्नु पर्छ भन्ने उदेश्यले सहयोग गरिएको बिचार व्यक्त गर्नु भयो। यसका लागि देवकी माद्यामिक विद्यालयका पुर्ब विद्यार्थी समेत रहेकि बिष्णु माया गोलेको विशेष पहल रहेको बताउनु भयो।
कार्यक्रममा पुर्ब प्रधानाध्यापक एबम मकवानपुर जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर पुलामीको बिशेष आथित्यता रहेको थियो। त्यस्तै वडा न. ५ का अध्यक्ष बिजय कुमार भोलन अधिबक्ता प्रेम बहादुर थोकर , चिज कुमारी परियार लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेका थिए।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan