बालमैत्री नगर घोषणा हुँदै हेटौंडा उपमहानगर

माघ २९, हेटौँडा : – हेटौंडा उपमहानगरपालिका फागुन १ गते बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुने भएको छ ।
५६ औं नगर स्थापना दिवसको अवसर पारेर हेटौंडा उपहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको हो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरले बालमैत्री स्थानीय तह घोषणाको आवश्यक सबै तयारी पूरा गरेको जानकारी गराएको छ । हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा नेपाल सरकारका उप–प्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा समारोह हुने बताइएको छ ।
बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र घोषणा कार्यविधि २०७९ मा आधारित भई आवश्यक सबै सूचक उपमहानगरले पूरा गरेको नगरप्रमुख मिना कुमारी लामाले जानकारी दिनुभयो । बालमैत्री अभियानले उपमहानगरलाई उत्तरदायी बनाउको उहाँको भनाई छ । हाम्रो हेटौंडा नाम रहेको स्थानीय पाठ्यक्रम तयारीको चरणमा रहेको समते उहाँले दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख लामाले बालमैत्री घोषणा कार्यान्वयन भने चुनौतिपुर्ण रहेको बताउनुभयो । उपमहानगरका नगर सहजकर्ताहरुलाई समेत नयाँ ढंगले परिचालन गरिने उहाँले बताउनुभयो ।
घोषणाका लागि आवश्यक ५१ सूचक मध्य ४३ सूचकमा सतप्रतिशत नतिजा उपमहानगरले प्राप्त गरेको छ । १९ वटा वडा रहेको हेटौडा उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १ सय ९५ बालबालिका रहेका छन् । बालमैत्री स्थानीय तह घोषणा समारोहमा सबै वडा कार्यालयलाई वडाको व्यानरमा आ–आफ्नो पहिचान झल्कने झाँकी, ¥याली सहित अनिवार्य सहभागिताको लागि नगर कार्यपालिका कार्यालयले पत्राचार समेत गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.