अखिल (क्रान्तिकारी) द्वारा औद्योगिक क्षेत्र भ्रमण तथा अबलोकन सम्पन्न

माघ २९ ,हेटौंडा : – अखिल(क्रान्तिकारी)हेटौंडा क्याम्पस समितीद्वारा आयोजित औद्योगिक भ्रमण तथा अबलोकन कार्यक्रम सम्पन्न भएको छ।

हेटौंडा क्याम्पसमा अध्ययनरत करिब ४० विद्यार्थीहरु को समूह सहित हेटौंडा औद्योगिक क्षेत्रको विभिन्न उध्योग हरुको बस्तु स्थिती उध्योग कसरी संचालन हुने,उध्योग मैत्री वातावरण लगायत बिभिन्न उध्योगको जानकारी एवम् अध्ययनको निम्ति अबलोकन भ्रमण आयोजना गरिएको हो।

हेटौंडाको प्रख्यात मल्टिनेसनल कम्पनी एनटार्टिक बिस्कुटस,हेटौंडाको स्यानिटरी प्याड लगायत अन्य हाइगिनिक प्रोडक्ट उत्पादन गर्ने कम्पनी सोफ्टी हाइजिन प्रा.लि , कार्टुन उत्पादन गर्ने कम्पनी मालिका प्याकेजिङ प्रा.लि र हाल बन्द रहेको उध्योग हेटौंडा सिमेन्ट इन्डस्टृज अबलोकन गरिएको छ।

आज को यो अबलोकन कार्यक्रममा अखिल(क्रान्तिकारी)मकवानपुर का अध्यक्ष बुद्ध राज अर्याल,उपाध्यक्ष दिपक वाइवा,सदस्य मिनेश पुडासैनी,अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पसका उपाध्यक्ष राजकुमार रसाइली,सचिब ईश्वर ढुङेल,अखिल (क्रान्तिकारी) फोर्स मकवानपुरका सदस्य रबिन चौलागाईं लगायतको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.