बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन शितभण्डार समय सीमा तोकेर सञ्चालन गर्न निर्देशन

माघ २६ हेटौंडा :  बागमती प्रदेश सरकारको करोडौँको लगानीमा निर्माण भएका शीतभण्डार अलपत्र बनेपछि बागमती प्रदेश सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले समय सीमा तोकेर सञ्चालन गर्न निर्देशन दिएको छ।

समितिको बागमती प्रदेश सभा सचिवालयमा शुक्रबार बसेको बैठकले निर्माण सम्पन्न भएका शीतभण्डारको चैत मसान्तसम्म सञ्चालन गर्न प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिका सभापति श्रीराम लामिछानेले प्रदेश सरकारको लगानीका निर्माण सम्पन्न शीतभण्डार प्रयोगबिहीन बनेकोले ती शीतभण्डारको चैत मसान्तसम्म सञ्चालन गरी सोको जानकारी दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

साथै  समितिले बागमती प्रदेशको विभिन्न जिल्लामा रहेका शीतभण्डारको विस्तृत विवरण दिन मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ।

समितिले प्रदेशको लगानी भएको १३ वटै जिल्लाका अलपत्र अवस्थामा रहेका आयोजनाको विस्तृत विवरण पठाउन प्रदेशका मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ।

बैठकले प्रदेश सरकारको आंशिक लगानी गरेर सम्पन्न हुने आयोजनालाई बजेटको व्यवस्था गर्न सुझाव दिने निर्णय गरेको समिति सभापति लामिछानेले बताउनुभयो।

गोर्खापत्रबाट साभार ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.