अनुपम घलान स्मृति यु-१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने

माघ २५ हेटौंडा

हेटौँडामा अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आगामी फागुन ७ गतेदेखि प्रतियोगिता हुनेछ ।
हेटौँडा–१२ निवासी अनुपम घलानको गत असोजमा पहिरोमा परेर निधन भएको थियो । एन्फा एकेडेमीका किशोर खेलाडी घलानको निधनपछि उहाँको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समिति हेटौँडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभएको छ । प्रतियोगिता हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।
प्रतियोगिताका लागि हेटौँडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.